× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा २९७७ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या १६७८

    ३ वर्ष पहिले

    साउन-८,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ९ सय ७७ जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ७ लाख ३० हजार १ सय ४६ जना पुगेको छ ।

    २४ घण्टामा १३ हजार ६ सय ९८ जनाको पिसिआर परीक्षण गर्दा १ हजार ९ सय ८२ जनामा कोरोना पोजेटिभ देखिएको छ । हाल सम्ममा ३५ लाख १७ हजार ८ सय ८९ जनाको पिसिआर भएको जनाईएको छ ।

    पछिल्लो २४ घण्टामा ३ हजार ६ सय १० जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ९ सय ९५ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा २ लाख ८२ हजार १ सय ७९ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या २७ हजार ६ सय ६१ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या २४ हजार ९ सय ८३ रहेको छ भने संस्थागत आइसोलेसनमा २ हजार ६ सय ७८ रहेको छ।

    २४ घण्टामा १ हजार ६ सय ७८ जना निको भएका छन् । कुल निको हुनेको संख्या ६ लाख ३९ हजार ३ सय ६८ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८७.५६ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको संख्या १८ जना रहेको छ । हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ९ हजार ६ सय ७९ जना पुगेको छ ।

    हाल क्वारेन्टिनमा ३ सय ३५ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ६ सय ८२ जना र भेन्टिलेटरमा १ सय ७५ जनाको उपचार भईरहेको छ ।