× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलद्वारा यातायात सम्बन्धित सबै किसिमका करहरु तिर्न सकिने अनलाइन प्रणालीको सुभारम्भ

    ३ वर्ष पहिले

    साउन-८,वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले यातायात सम्बन्धित सबै किसिमका करहरु तिर्न सकिने अनलाइन प्रणालीको सुभारम्भ गरेको छ।आजदेखि सवारी लाइसेन्स शुल्क, ब्लुबुक नवीकरण शुल्क, जरिवाना, राजस्वलगायत सवारी कर अनलाइनबाटै तिर्न सकिने भएको छ।

    वाग्मती प्रदेशका सचिव सञ्जिव बरालले दिएको जानकारी अनुसार यातायातमा सम्बन्धित सबै किसिमका करहरु मोवाइलल बैंकिङ एप, कनेक्ट आईपीए र इ-वालेटलगायत अनलाइन एपबाट तिर्न सकिनेछ ।

    ‘‘ब्लुबुक नवीकरण गर्न, राजस्व तिर्न लाइनबस्नुपर्ने समस्या समाधान गर्न यस्तो व्यवस्था गरिएको हो । महामारीमा भिडभाड पनि कम हुनेछ । अहिले सुरुवात गरिएको अब यसमा विभिन्न किसिमका सेवा सुविधा प्रभावकारी बनाउने गृहकार्य हुनेछ,” उनले भने ।