× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    असहाय बिरामी चेपाङलाई सहयोग गरि एक शिक्षिकाले मनाईन आफ्नो जन्मदिन

    ३ वर्ष पहिले

    साउन-७,इच्छाकामना गाउँपालिका वडा नम्बर ४ स्थित सर्व शान्ति माबिमा अध्यापन गराउने शिक्षिका भगवति अर्यालले एक असाहय बिरामी चेपाङलाई आर्थिक सहयोग गरि आफ्नो जन्मदिन मनाएकी छन्।

    शिक्षिका अर्यालका अनुसार इच्छाकामना गाउँपालिका -३ ओरेक निवासी भीमलाल चेपाङ २०७६ साल पौष २३ गते खोलाको डिलबाट खसेर रातभरिको पानीमा एक्लै अचेत अबस्थामा रहि भोलिपल्ट फेला परी अस्पताल लैजादा ढाड भाचिएकोले ३ महिनासम्म अस्पतालको उपचार पश्चात होस आएपनि छाती र ढाड मुनीको भाग पुरै नचल्ने भएको थियो ।

    आर्थिक अवस्था कमजोर भएको चेपाङको श्रीमतीका साथै तीन बाल बच्चा रहेका छन् । घरपरिवार चलाउनका लागि निजकी श्रीमती दिलमाया चेपाङले रा.आ वि ओरेक मा मासिक ४ हजार रुपैयाँको जागिर खाएपनि घर खर्च धान्न मुस्किल भएर परिवार बिचल्लीमा रहेको अर्याल बताएकी हुन् ।

    लडेर घाइते भई आर्थिक अभाव भएको तथा परिवार पाल्न पनि मुश्किल भएकोले सो चेपाङ परिवारलाई आफुले थोरै भएपनि सहयोग गर्न पाएकोमा खुशि व्यक्त गर्दै सो चेपाङ परिवारलाई अन्य दाताहरुले पनि सहयोग गरिदिनु हुन अपिल गरेकी छन् ।