× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • आर्थिक

    आन्तरिक राजस्व कार्यालय भरतपुरले मुग्लिनमा करदाता शिक्षा कार्यक्रम गर्ने

    ३ वर्ष पहिले

    साउन-७,आन्तरिक राजस्व कार्यालय भरतपुरले इच्छाकामना गाउँपालिका वडा नम्बर ५ मुग्लिनमा करदाता शिक्षा कार्यक्रम गर्ने भएको छ।

    आन्तरिक राजश्व कार्यालय भरतपुरलको आयोजना तथा इच्छाकामना उद्योग वाणिज्य संघको मुग्लिनको समन्वयमा करदाता शिक्षा तथा आन्तरिक ऐन २०७८ ले गरेको कर छुट तथा अन्तरक्रिया कार्यक्रम साउन ८ गते शुक्रबार थकाली सेवा समितिको भवन मुग्लिनमा दिनको ठिक १:०० बजेबाट कार्यक्रम सुरु हुने इच्छाकामना उद्योग वाणिज्य संघको मुग्लिनका अध्यक्ष कल्याण गुभाजुले जानकारी दिनुभएको छ।

    सो कार्यक्रममा इच्छाकामनाका सम्पूर्ण व्यवसायीहरुलाई उपस्थित भई कर सम्बन्धी जानकारी लिनको लागि उपस्थित हुन अध्यक्ष गुभाजुले अनुरोध गर्नुभएको छ।