× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    मुग्लिनमा पनि दिप प्रज्वलन गरी मनाए ३९ औ वि.पि. स्मृति दिवस

    ३ वर्ष पहिले

    श्रावण ६, मुग्लिन
    नेपाली काँग्रेसका संस्थापक एवम् देशको प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको स्मृतिमा आज देशैभर विविध कार्यक्रम गरी मनाएका छन् । नेपाली काँग्रेस इच्छाकामनाले पनि मुग्लिन बजार चोकमा दिप प्रज्वलन गरी ३९ औ वि.पि. स्मृति दिवस मनाएको हो । नेपाली काग्रेस इच्छाकामनाका सभापति एवं इच्छाकामना गाउँपालिकाको उपाध्यक्ष कृति कुमार श्रेष्ठको सभापतित्वमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न भएको हो ।
    दीप प्रज्वलन कार्यक्रममा नेपाली कांग्रेसका पूर्व महासमिति सदस्य राम बहादुर लामा, क्षेत्र नं. २ का पुर्व क्षेत्रीय सदस्य मणीरत्न शाक्य, नेपाली कांग्रेस जिल्ला आमन्त्रित सदस्य विष्णु कुँबर, वडा नं. ४ का वडाध्यक्ष विदुर सिलवाल, वडा नं. ५ का मोदराज सिलवाल, जि.पि. फाउण्डेसन इच्छकामनाका अध्यक्ष एवं इच्छाकामना गा.पा. का प्रबत्ता सावित्री गुरुङ्ग, तरुणदलका अध्यक्ष जिवन सिलवाल, नेविसंघका अध्यक्ष सनम पन्त, बरिष्ठ समाजसेवी एवं वडा सदस्य बलराम त्रिपाठी लगायत काग्रेस कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो ।
    राणा शासनको अन्त्यसंगै ३६ वर्षको उमेरमा गृहमन्त्री बनेका कोइराला वि.सं. २०१५ सालको आमनिर्वाचनमा नेपाली काँग्रेसले दुई तिहाइ स्थान हासिल गरी पहिलो आम निर्वाचित प्रधानमन्त्री बनेर इतिहास रच्न सफल भएका थिए ।
    जहानियाँ राणा शासनविरुद्धको क्रान्तिका एक नायक राजनीतिमा ‘विपी’ र नेपाली साहित्यमा ‘विश्वेश्वर’ को नामबाट परिचित कोइरालाको वि.सं. १९७१ भदौ २४ गते जन्म भएको थियो भने वि.सं. २०३९ श्रावण ६ गते क्यान्सर रोगका कारण निधन कोइरालाको निधन भएको थियो ।