× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    आज अपरान्ह ४:०० बजे दोस्रो पटक पनुर्स्थापित प्रतिनिधिसभाको पहिलो बैठक बस्दै

    ३ वर्ष पहिले

    सादन-३,आज अपरान्ह ४:०० बजे दोस्रो पटक सर्वोच्च अदालतद्वारा पनुर्स्थापित प्रतिनिधिसभा पहिलो बैठक बस्दैछ ।

    सर्वोच्च अदालतको आदेशानुसार मन्त्रिपरिषदको सिफारिसले राष्ट्रपति विद्यादेवी भण्डारीले आज सङ्घीय संसदका दुबै सदनको अधिवेशन आह्वान गरेकी हुन् ।

    आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछन् । यस्तै राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रहरुको व्यहोरा पनि पढेर सुनाइनेछ ।

    यसअतिरिक्त सभामुख सापकोटाले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १० को उपनियम (१) बमोजिम अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गर्ने सम्भावित कार्यसूची छ ।

    शोक प्रस्ताव पेस गर्ने कार्यसूची पनि रहेको संघीय संसद्का महासचिव डाक्टर भरतराज गौतमले जानकारी दिए। अधिवेशनको प्रारम्भमा दलका नेताहरुले संसद बैठकलाई सम्बोधन गर्न सक्नेछन् ।