× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा २३९८ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या २०७८

    ३ वर्ष पहिले

    असार-२९,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ३ सय ९८ जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ७ लाख ३ हजार ८ सय ५६ जना पुगेको छ ।

    २४ घण्टामा ७ हजार ५८ जनाको पिसिआर परीक्षण गर्दा १ हजार ६ सय ३९ जनामा कोरोना पोजेटिभ देखिएको छ । हाल सम्ममा ३४ लाख ३० हजार २ सय २२ जनाको पिसिआर भएको जनाईएको छ ।

    पछिल्लो २४ घण्टामा ३ हजार ९ सय ५४ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ७ सय ५९ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा २ लाख ४२ हजार ६ सय २६ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या २६ हजार २ सय ६१ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या २३ हजार ५ सय ३९ रहेको छ भने संस्थागत आइसोलेसनमा २ हजार ७ सय २२ रहेको छ।

    २४ घण्टामा २ हजार ७८ जना निको भएका छन् । कुल निको हुनेको संख्या ६ लाख २३ हजार १ सय ५ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८८.५२ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको संख्या १२ जना रहेको छ । हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ९ हजार १६ जना पुगेको छ ।

    हाल क्वारेन्टिनमा २ सय ९९ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ५ सय ८६ जना र भेन्टिलेटरमा १ सय ८२ जनाको उपचार भईरहेको छ ।