× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा २२३९ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या १३१६

    ३ वर्ष पहिले

    असार-२५,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार २ सय ३९ जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ६ लाख ९५ हजार ८८ जना पुगेको छ ।

    २४ घण्टामा ६ हजार ६ सय ५७ जनाको पिसिआर परीक्षण गर्दा १ हजार ४ सय ७९ जनामा कोरोना पोजेटिभ देखिएको छ । हाल सम्ममा ३४ लाख ३ हजार ४ सय १० जनाको पिसिआर भएको जनाईएको छ ।

    पछिल्लो २४ घण्टामा ४ हजार ६ सय ५६ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ७ सय ६० जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा २ लाख २७ हजार २ सय ७ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या २६ हजार ५ सय ९० रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या २३ हजार ९ सय २० रहेको छ भने संस्थागत आइसोलेसनमा २ हजार ६ सय ७० रहेको छ।

    २४ घण्टामा १ हजार ३ सय १६ जना निको भएका छन् । कुल निको हुनेको संख्या ६ लाख १६ हजार ९ सय २९ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८८.७५ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको संख्या २० जना रहेको छ । हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ९ हजार ३ सय ४० जना पुगेको छ ।

    हाल क्वारेन्टिनमा ३ सय ५ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ५ सय ३९ जना र भेन्टिलेटरमा १ सय ६६ जनाको उपचार भईरहेको छ ।