× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा १८७५ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या १२८६

    ३ वर्ष पहिले

    असार-२४,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ८ सय ७५ जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ६ लाख ९२ हजार ८ सय ४९ जना पुगेको छ ।

    २४ घण्टामा ५ हजार ३ सय ७४ जनाको पिसिआर परीक्षण गर्दा १ हजार २ सय १८ जनामा कोरोना पोजेटिभ देखिएको छ । हाल सम्ममा ३३ लाख ९६ हजार ७ सय ५३ जनाको पिसिआर भएको जनाईएको छ ।

    पछिल्लो २४ घण्टामा ५ हजार १ सय ३० जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ६ सय ५७ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा २ लाख २२ हजार ५ सय ५१ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या २६ हजार ४ सय ४७ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या २३ हजार ६ सय ९२ रहेको छ भने संस्थागत आइसोलेसनमा २ हजार ७ सय ५५ रहेको छ।

    २४ घण्टामा १ हजार २ सय ८७ जना निको भएका छन् । कुल निको हुनेको संख्या ६ लाख १५ हजार ६ सय १३ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८८.८५ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको संख्या २९ जना रहेको छ । हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ९ हजार ३ सय २० जना पुगेको छ ।

    हाल क्वारेन्टिनमा ३ सय जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ५ सय ७२ जना र भेन्टिलेटरमा १ सय ५७ जनाको उपचार भईरहेको छ ।