× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    चितवनमा थप खुकुलो गर्दै असार ३१ गते सम्मको लागि निषेधाज्ञा थपियो, जोर बिजोर प्रणालीमा सार्वजनिक सवारीसाधन सञ्चालन गर्न पाइने

    ३ वर्ष पहिले

    असार-२३,कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि चितवन जिल्लामा जारी निषेधाज्ञा थप खुकुलो गर्दै असार ३१ गते राति १२ बजे सम्मको लागि थप गरिएको छ ।

    थपिएको निषेधाज्ञामा जोर-बिजोर प्रणालीमा सार्वजनिक सवारी साधन पनि सञ्चालन गर्न पाइने भएको छ भने होटल/लज सञ्चालन सम्बन्धमा जनस्वास्थ्यका निर्धारित मापदण्ड पालना गरी कुल संख्याको एक तिहाई संख्या नबढ्ने गरी सञ्चालन गर्न पाइने भएको छ ।

    खाजा घर, रेष्टुरेन्ट र मिठाई पसलहरुबाट टेकअवे, होम डेलिभरी बिहान ११:०० बजे देखि साँझ ७:०० बजेसम्म मात्र सञ्चालन गर्न पाइने छ ।

    त्यसैगरी खाद्यान्न, तरकारी, फलफूल, दुध डेरी माछा/मासु अण्डा, चल्ला, दाना, खाना पकाउने ग्यास सम्बन्धी पसल, एग्रिभेट, बीउबिजन, रासायनिक मल र भेट्नेरी औषधि पसल दैनिक रुपमा सञ्चालन गर्न पाउने भएको छ भने इलोक्ट्रोनिक्स पसल, कपडा पसल, फेन्सी, सुनचाँदी पसल, पूजा सामग्री पसल, वर्कशप, निर्माण सामग्री विहान ११:०० बजेदेखि साँझ ७:००बजेसम्म सञ्चालन गर्न पाइने भएको छ ।

    जिल्लामा संक्रमण दर थप\घट भएमा निषेधाज्ञालाई थप खुकुलो वा कडाई गर्न सकिने चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने बताए ।