× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    चितवनमा भेरोसेल खोप को दोस्रो मात्रा लगाउने कार्यक्रमको पहिलो दिन ५९९१ जनाले लगाए

    ३ वर्ष पहिले

    असार-२२,चितवन जिल्लामा भेरोसेल खोप को दोस्रो मात्रा लगाउने कार्यक्रमको पहिलो दिन ५ हजार ९ सय ९१ जनाले खोप लगाएका छन् ।

    जिल्ला स्वास्थ्य कार्यालय चितवनले यस अघि भेरोसेल खोपको पहिलो मात्रा लगाएका लक्षित वर्गहरुले साबिककै खोप केन्द्रमा खोपको दोस्रो मात्रा लगाउन कार्यक्रम असार २२ र २३ गतेलाई तोकेसंगै कार्यक्रमको पहिलो दिन चितवन जिल्लाको सातवटा पालिकाहरुमा ५ हजार ९ सय ९१ जनाले खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।

    चितवनका सात पालिकामध्ये भरतपुर महानगरपालिका ४ हजार १ सय ४५, खैरहनी नगरपालिकाका ३ सय १३, माडी नगरपालिकाका १ सय ७९, रत्ननगर नगरपालिकाका ७ सय ९१, राप्ती नगरपालिकाका ३ सय १, कालिका नगरपालिकाका २ सय २३ र इच्छाकामनामा गाउँपालिकाका ४८ गरी जम्मा ५ हजार ९ सय ९१ जनाले खोप लगाएका हुन् ।