× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा २७६० जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या ४०१७

    ३ वर्ष पहिले

    असार-१७,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ७ सय ६० जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ६ लाख ७६ हजार ५ सय ९ जना पुगेको छ ।

    २४ घण्टामा ७ हजार १ सय ३० जनाको पिसिआर परीक्षण गर्दा १ हजार ८ सय ५७ जनामा कोरोना पोजेटिभ देखिएको छ । हाल सम्ममा ३३ लाख ५१ हजार २ सय ६३ जनाको पिसिआर भएको जनाईएको छ ।

    पछिल्लो २४ घण्टामा ३ हजार ८ सय ५५ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ९ सय ३ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा १ लाख ९२ हजार ६ सय ६६ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार ३ सय ६८ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या २८ हजार ३ सय ७४ रहेको छ भने संस्थागत आइसोलेसनमा २ हजार ९ सय ९४ रहेको छ ।

    २४ घण्टाम ४ हजार १७ जना निको भएका छन् । कुल निको हुनेको संख्या ६ लाख १ सय ४९ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८८.७१ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको संख्या ३३ जना रहेको छ । हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ९ हजार १ सय ४५ जना पुगेको छ ।

    हाल क्वारेन्टिनमा ३ सय ४५ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ६ सय २९ जना र भेन्टिलेटरमा १ सय ८१ जनाको उपचार भईरहेको छ ।