× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    मु–ना राजमार्ग एकतर्फी सञ्चालन (फोटो फिचर)

    ३ वर्ष पहिले

    असार १७, मुग्लिन
    अविरल वर्षाका कारण आएको पहिरोले अवरुद्ध बनेको मुग्लिन नारायणगढ सडक खण्ड एकतर्फी सञ्चालनमा आएको छ ।

    सडक खण्डमा सानो ठुलो गरी दर्जन भन्दा बढी ठाउमा खसेको पहिरो सडक डिभिजन कार्यालयको लोडरको प्रयोग गरी हटाइ एकतर्फी राजमार्ग सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरिक्षक भगवानराज थापाले जानकारी दिएका छन् ।

    पहिरो संगै आएको लेदोले पाचकिलोमा २ वटा सवारी साधनमा समेत क्षति पु¥याइएको थियो । पहिरोले मुग्निलबाट नारायणगढ जादै गरेको प्र३–०१–२२ च ७२७४ नम्बरको बोलेरोमा क्षति पु¥याएको हो ।

    उक्त सडक खण्डमा रहेको पहिरो एकर्फी सवारी सञ्चालन गर्नेगरी सबै ठाउको पहिरो हटाइएको भएतापनि सवारी साधन लापरवाही तरिकाले पार्किङ्ग गरिदिनाले सवारी सञ्चालन गर्न केही ढिला भएको उहाँले बताए ।