× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    काठमाडौँ उपत्यकामा असार २१ गते सम्मको लागि खुकुलो गर्दै निषेधाज्ञा थपियो, भोलि देखि सार्वजनिक यातायात चलाउन पाइने

    ३ वर्ष पहिले

    असार-१४,उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको आज बसेको बैठकले उपत्यकामा जारी निषेधाज्ञा खुकुलो गर्दै असार २१ गते सम्मको लागि थप गरिएको छ । थपिएको निषेधाज्ञामा सार्वजनिक सवारीसाधन पनि सञ्चालन गर्न पाइने भएको छ।

    गत वैशाख १६ देखि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञामा सार्वजनिक सवारीसाधन सञ्चालन गर्न दिइएको थिएन । निजी सवारीसाधन भने अघिल्लो हप्तादेखि जोर\बिजोर प्रणालीमा चलाउन दिइएको छ। अबको निषेधाज्ञामा काठमाडौं उपत्यकामा २५ सिट माथिका सार्वजनिक बस पनि चल्न दिने भएको छ । तर, सार्वजनिक यातायातमा पनि निजी यातायातमा जस्तै जोर\विजोर लागु हुने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालि प्रसाद पराजुलीले जानकारी दिए ।

    बिहान ६ बजेदेखि बेलुका ७ बजेसम्म चलाउन पाइने सार्वजनिक यातायातमा स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने, बसमा स्यानिटाइजर राख्ने तथा सिटमा यात्रुको दूरी कायम हुनुपर्ने छ ।