× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा १९२० जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या ३००७

    ३ वर्ष पहिले

    असार-१३, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ९ सय २० जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ६ लाख ६५ हजार ७ सय ७७ जना पुगेको छ ।

    २४ घण्टामा ६ हजार जनाको पिसिआर परीक्षण गर्दा १ हजार ३ सय ५३ जनामा कोरोना पोजेटिभ देखिएको छ । हाल सम्ममा ३३ लाख २३ हजार ३९ जनाको पिसिआर भएको जनाईएको छ ।

    पछिल्लो २४ घण्टामा ३ हजार ८ सय ३६ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ५ सय ६७ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा १ लाख ७४ हजार ९ सय ४९ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ४० हजार ३ सय ३६ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या ३७ हजार ८ सय ८९ रहेको छ भने संस्थागत आइसोलेसनमा २ हजार ८ सय ४७ रहेको छ ।

    २४ घण्टामा ३ हजार ७ जना निको भएका छन् । कुल निको हुनेको संख्या ५ लाख ८४ हजार ३ सय ३४ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८७.७६ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको संख्या ३४ जना रहेको छ । हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ९ हजार ९ जना पुगेको छ ।

    हाल क्वारेन्टिनमा ३ सय ६७ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ७ सय ६ जना र भेन्टिलेटरमा २ सय जनाको उपचार भईरहेको छ ।