× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • गण्डकी

    नेपाल तरुण दल आँबुखैरेनी द्धारा ७ वटा क्लबलाई स्वास्थ्य तथा खेलकुद सामाग्री वितरण

    ३ वर्ष पहिले

    असार १२, तनहुँ,
    नेपाल तरुण दल आँबुखैरेनीले पालिका भित्रका क्बलहरुलाई स्वास्थ्य तथा खेलकुद सामाग्री वितरण गरको छ । नेपाल तरुणदल आँबुखैरेनीको १४ औ महाधिबेशन तयारीको लागि स्थानीय युवाहरु संग छलफल तथा भेटघाट कार्यक्रमको अवसरमा उक्त समाग्री हस्तान्तरण गरिएको नेपाल तरुण दल आँबुखैरेनी गाउँ कार्य समितिका अध्यक्ष विजय गुरुङ्गले जानकारी दिनुभयो । तरुण दल आँबुखैरेनीले घुमाउने स्थित रहेको पञ्चकन्या यूवा क्लब, रतनपुर स्थित रहेको क्षिति युवा क्लब, डिखेत स्थित रहेको नयाँ रोधी क्लब, प्युघर स्थित रहेको प्युघर युवा क्लब, लाब्दि स्थित रहेको लाब्दी युवा क्लब र डिखेत स्थित रहेको सिद्ध जनएकता आधारभुत विद्यालय गरी ७ वटा क्लब तथा विद्यालयलाई स्वास्थ्य तथा खेलकुद सामाग्री वितरण गरिएको अध्यक्ष गुरुङ्गले बताए ।