× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा २०१६ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या ४९१४

    ३ वर्ष पहिले

    असार-१२, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार १६ जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ६ लाख ६३ हजार ८ सय ५७ जना पुगेको छ ।

    २४ घण्टामा ४ हजार ७ सय ४ जनाको पिसिआर परीक्षण गर्दा १ हजार २ सय ७४ जनामा कोरोना पोजेटिभ देखिएको छ । हाल सम्ममा ३३ लाख १७ हजार ३९ जनाको पिसिआर भएको जनाईएको छ ।

    पछिल्लो २४ घण्टामा ४ हजार ८ सय ६ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ७ सय ५५ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा १ लाख ७१ हजार १ सय १३ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ४२ हजार २४ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या ३९ हजार १ सय ९९ रहेको छ भने संस्थागत आइसोलेसनमा २ हजार ८ सय २५ रहेको छ ।

    २४ घण्टामा ४ हजार ९ सय १४ जना निको भएका छन् । कुल निको हुनेको संख्या ५ लाख ८१ हजार ३ सय २७ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८७.५७ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको संख्या ३० जना रहेको छ । हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८ हजार ९ सय ७५ जना पुगेको छ ।

    हाल क्वारेन्टिनमा ३ सय ६१ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ७ सय ३४ जना र भेन्टिलेटरमा २ सय २२ जनाको उपचार भईरहेको छ ।