× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • आर्थिक

    पोखरामा निर्माणाधीन अन्नपूर्ण केवलकार असोज देखि सञ्चालनमा आउने

    ३ वर्ष पहिले

    असार-१२, पोखरा महानगरपालिकाको सेतीवगर देखि सारङ्गकोट सम्म पुग्ने निर्माणाधीन अन्नपूर्ण केवलकार असोज देखि सञ्चालनमा आउने भएको छ।

    पोखरामा नयाँ पर्यटकीय गन्तव्यको रुपमा निर्माण हुँदै गरेको अन्नपूर्ण केलवकारको निर्माण सम्पन्न भएको केवलकारका सञ्चालक निर्देशक तिर्थराज त्रिपाठीले बताए ।

    कोरोना संक्रमणको अवस्था सामान्य भएसँगै परीक्षण गरेपछि व्यावसायिक रुपमा केवलकार सञ्चालनमा ल्याउने उनले बताए ।

    केवलकारका लागि हाल १८ वटा गुण्डला (डिब्बा) सहित लठ्ठो(डोरी) समेत टाँगेर तयारी अवस्थामा राखिएको निर्देशक त्रिपाठीले बताए । पोखराको फेवाताल किनार सेदी बगरदेखि सराङकोटाको डाँडासम्म करिब ८ मिनेटमै पुग्ने गरी केवलकार सञ्चालनमा ल्याउने गृहकार्यमा लागेको उनले बताए ।

    करिब डेढ वर्षमा सम्पन्न गर्नेगरी निर्माण थालिएपनि पूरा गर्न ४ वर्ष भन्दा बढी समय लागेको हो । केवलकारको स्टेशन भवनको संरचना बनावटमा परिवर्तन हुनु, जग्गा बिवाद र दक्ष प्राविधिक कर्मचारीको अभावलगायतका समस्याले आयोजनाको लगत दोब्बर भएको निर्देशक त्रिपाठीले बताए । सुरुमा ९० करोडको परिकल्पना गरिएको उक्त परियोजनामा हाल करिब २ अर्ब लगानी पुगेको कम्पनीको दाबी छ ।

    केबलकारमा कालु गुरुङसहितका नेपाली व्यवसायी ७५ प्रतिशत, पूर्व जापानी नागरिक स्वर्गीय टाकासी मियाहारा (सोगो काईआयु क.लि.) को १५ प्रतिशत र स्थानीय को १० प्रतिशत लगानी रहेको प्रालिले जनाएको छ ।