× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    मुग्लिन पुल निरिक्षण गरी फर्किएका चितवनका प्रहरी प्रमुख चढेको गाडी दुर्घटना

    ३ वर्ष पहिले

    असार ४, चितवन
    बाढीका कारण क्षति भएको मुग्लिन पुलको अनुगमन गरी फर्किने क्रममा चितवनका प्रहरी प्रमुख ओम प्रसाद अधिकारी सहित ६ जना प्रहरी टोली दुर्घटनामा परेका छन् । मुग्लिन नारायणगढ सडक खण्ड अन्तरगत चितवको गाइघाट नजिकै नारायणगढबाट मुग्लिन तर्फ आउदै गरेको ना ६ ख ६०११ नम्बरको मालवाहक ट्रकले जिल्ला प्रहरी कार्यालय चितवनको एसपी सवार बा २ ज ३४७२ नम्बरको जीपलाई ठक्कर दिदाँ एसपीसहित ६ जना प्रहरी टोली घाईते भएका हुन् । घाईते एसपी अधिकारीको टाउको, मुख र हातमा चोट लागेको र अन्य घाइते प्रहरीहरुको टाउको र हातमा चोट लागेको चितवन प्रहरीका प्रवक्ता सूर्य थापाले जानकारी दिएका छन् । घाईते सबैको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको छ । ट्रकको ठक्करका कारण प्रहरीको जीपको अगाडी भाग पूर्ण रुपमा क्षति भएको छ भने ठक्कर दिने ट्रक र चालक चितवन प्रहरीको नियन्त्रणमा रहेको छ ।