× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    काठमाडौ उपत्यकामा केही खुकुलो बनाउँदै असार ७ गते सम्मको लागि निषेधाज्ञा थपियो

    ३ वर्ष पहिले

    जेठ-३०, काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा केही खुकुलो बनाउँदै असार ७ गते सम्मको लागि थपिएको छ।

    काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले केही खुकुलो पार्दै निषेधाज्ञा एक हप्ता थप्ने निर्णय गरेको हो।

    यसपटकको निषेधाज्ञामा साविकको जस्तो सबै क्षेत्रमा पूर्ण रुपले बन्द हुने छैन । प्रशासनले अत्यावश्यक सेवाका क्षेत्रमा निश्चित समयावधि तोकेर खुलाउने निर्णय गरेको छ ।

    तरकारी तथा खाद्यान्न पसलहरु अबदेखि बिहान ११ बजेसम्म खोल्ने दिने निर्णय गरेको छ । यसअघि यी क्षेत्र बिहान ९ बजेसम्म मात्रै खोल्न दिइएको थियो ।

    यस्तै शैक्षिक सत्रलाई मध्यनजर गर्दै पुस्तक पसलहरु पनि खोल्न दिने निर्णय भएको छ । साथै विकास निर्माणका काममा हुने सामग्री ढुवानीलाई पनि केही सहज बनाइएको छ ।

    तर, सार्वजनिक यातायातमा भने यथावत नै राखिएको छ । कोरोनाको जोखिम पूर्ण रुपले नसकिएकाले अहिले नै सार्वजनिक यातायात खुलाउन नसकिने बैठकले निर्णय गरेको हो । यसअघि जोरविजोर प्रणाली अपनाएर सार्वजनिक यातायात खुलाउने कि भन्ने विषयमा छलफल भएको थियो ।

    अपरान्ह ४ बजेपछि हार्डवेयर पसल पनि खोल्ने निर्णय भएको छ । हालै निर्माणका कार्यलाई सहजीकरण गर्न गृहमन्त्री खगराज अधिकारीले ७७ जिल्लाकै प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका थिए ।

    कृषिको समय भएकाले त्यससम्बन्धी कार्यलाई पनि सहजीकरण गर्ने निर्णय भएको पराजुलीले बताए । उनका अनुसार विभिन्न मुलुकमा जानका लागि भिसा लिने प्रयोजनमा निस्किने व्यक्तिलाई पनि सहजीकरण गर्ने निर्णय भएको छ ।