× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा २४०७ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या ३९९४

    ३ वर्ष पहिले

    जेठ-३०, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ४ सय ७ जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ६ लाख २८ हजार ९ सय ४२ जना पुगेको छ ।

    २४ घण्टामा ७ हजार ५ सय १७ जनाको पिसिआर परीक्षण गर्दा १ हजार ६ सय ९४ जनामा कोरोना पोजेटिभ देखिएको छ । हाल सम्ममा ३२ लाख १४ हजार ७ सय २५ जनाको पिसिआर भएको जनाईएको छ ।

    पछिल्लो २४ घण्टामा ४ हजार ८ सय ८९ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ७ सय १३ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा १ लाख ७ हजार ८ सय २९ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ६८ हजार ९ सय ५५ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या ६३ हजार ७ सय ४४ रहेको छ भने संस्थागत आइसोलेसनमा ५ हजार २ सय ११ रहेको छ ।

    २४ घण्टामा ३ हजार ९ सय ९४ जना निको भएका छन् । कुल निको हुनेको संख्या ५ लाख ३१ हजार १ सय ५ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८७.३ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको संख्या ४६ जना रहेको छ । हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८ हजार ४ सय १२ जना पुगेको छ ।

    हाल क्वारेन्टिनमा ५ सय ४८ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले १ हजार १ सय जना र भेन्टिलेटरमा ३ सय ४७ जनाको उपचार भईरहेको छ ।