× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा ३७५० जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या ५२२५

    ३ वर्ष पहिले

    जेठ-२८, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ७ सय ५० जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ६ लाख २३ हजार १ सय ५१ जना पुगेको छ ।

    २४ घण्टामा ९ हजार ५ सय ९८ जनाको पिसिआर परीक्षण गर्दा २ हजार ७ सय ९ जनामा कोरोना पोजेटिभ देखिएको छ । हाल सम्ममा ३१ लाख ९८ हजार ७ सय २ जनाको पिसिआर भएको जनाईएको छ ।

    पछिल्लो २४ घण्टामा ५ हजार ५ सय ८४ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा १ हजार ४१ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ९६ हजार ९ सय ५२ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ७५ हजार २ सय ७५ रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या ६९ हजार ६ सय ८६ रहेको छ भने संस्थागत आइसोलेसनमा ५ हजार ५ सय ८९ रहेको छ ।

    २४ घण्टामा ५ हजार २ सय २५ जना निको भएका छन् । कुल निको हुनेको संख्या ५ लाख २० हजार ८ सय १६ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८६.२ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको संख्या ६७ जना रहेको छ । हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८ हजार ३ सय ५ जना पुगेको छ ।

    हाल क्वारेन्टिनमा ५ सय ९४ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले १ हजार १ सय ८९ जना र भेन्टिलेटरमा ३ सय ६६ जनाको उपचार भईरहेको छ ।