× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    गणेश मन्दिर निमार्णको लागि मननारायण श्रेष्ठ परिवारबाट रु ५० हजार सहयोग

    ३ वर्ष पहिले

    जेठ-२६, चितवनको इच्छाकामना गाउँपालिकाका वडा नम्बर ५ मुग्लिनमा निर्माणाधीन गणेश मन्दिरको लागि नेवार गुठी समाजका थकाली मननारायण श्रेष्ठ तथा उहाँका श्रीमति स्वर्गिय बालकुमारी श्रेष्ठ परिवारबाट रु ५० हजार सहयोग प्रदान गरेको छ ।

    मननारायण श्रेष्ठ तथा उहाँका छोरा गणेश श्रेष्ठ, बुहारी मनिता श्रेष्ठ एवं नाति रोहित श्रेष्ठ गणेश मन्दिर निर्माण स्थलमा गएर नेवार गुठी समाजकी अध्यक्ष जुना राजभण्डारी तथा गणेश मन्दिर निर्माण समितिका अध्यक्ष कुमार श्रेष्ठ नेवालाई ५० हजार रुपैयाँ नगद हस्तान्तरण गर्नुभएको हो ।

    नेवार गुठी समाजकी अध्यक्ष जुना राजभण्डारीले आफ्नो बाबु आमाको नाममा निर्माणाधीन गणेश मन्दिरको लागि सहयोग गर्नुहुने मननारायण श्रेष्ठका सम्पुर्ण परिवार विषेशत इजरायल बस्नुहुने छोरी गंगा श्रेष्ठ प्रति आभार ब्यक्त गर्नुभयो ।

    रकम हस्तान्तरणको अवसरमा इच्छाकामना गाउँपालिकाका वडा नम्बर ५ की महिला वडा सदस्य निर्मला श्रेष्ठ, समाजसेवी कुमार श्रेष्ठ, नेवार गुठी समाजका पदाधिकारी र मन्दिर निर्माण समितिका सदस्यहरु उपस्थिति रहेको थियो ।