× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो२४ घण्टामा ५१५३ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या ६५७०

    ३ वर्ष पहिले

    जेठ-२५, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार १ सय ५३ जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ५ लाख ९५ हजार ३ सय ६४ जना पुगेको छ ।

    २४ घण्टामा १२ हजार ६५ जनाको पिसिआर परीक्षण परीक्षण गर्दा ३ हजार ८ सय ७० जनामा कोरोना पोजेटिभ देखिएको छ । हाल सम्ममा ३१ लाख ६७ हजार १ सय २९ जनाको पिसिआर भएको जनाईएको छ ।

    पछिल्लो २४ घण्टामा ५ हजार ६ सय ११ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा १ हजार २ सय ८३ जनामा कोरोना पोजेटिभ देखिएको छ । सम्ममा ८१ हजार ४ सय ६३ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    योदेशभर सक्रिय संक्रमितको संख्या ८२ हजार ७ सय ३६ रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या ७६ हजार ५ सय ५० रहेको छ भने संस्थागत आइसोलेसनमा ६ हजार १ सय ८६ रहेको छ ।

    २४ घण्टामा ६ हजार ५ सय ७९ जना निको भएका छन् । कुल निको हुनेको संख्या ५ लाख ४ हजार ५ सय ३० पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८४.७ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ८ जना रहेको छ । हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८ हजार ९८ जना पुगेको छ ।

    हाल क्वारेन्टिनमा ७ सय ४७ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले १ हजार ३ सय २१ जना र भेन्टिलेटरमा ३ सय ७२ जनाको उपचार भईरहेको छ ।