३ वर्ष पहिले
जेठ-२३, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.कृष्ण प्रसाद पौडेलका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ७९ जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ५ लाख ८८ हजार ५ सय ७९ जना पुगेको छ ।
२४ घण्टामा १०८ हजार ४ सय ७१ जनाको पिसिआर परीक्षण भएको छ ।यो सँगै ३१ लाख ४३ हजार ६२ जनाको पिसिआर भएको जनाईएको छ ।
पछिल्लो २४ घण्टामा ३ हजार २ सय ६२ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ४ सय ५५ जना र पिसिआर विधिबाट परीक्षण गर्दा ३ हजार २४ मा कोरोना पोजेटिभ देखिएको छ ।
देशभर सक्रिय संक्रमितको संख्या ८९ हजार २ सय १७ रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या ८२ हजार ७ सय ३ रहेको छ भने संस्थागत आइसोलेसनमा ६ हजार ५ सय १४ रहेको छ ।
२४ घण्टामा ६ हजार ६ सय ३६ जना निको भएका छन् । कुल निको हुनेको संख्या ४ लाख ९१ हजार ९ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८३.५ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको संख्या ९९ जना रहेको छ । हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ७ हजार ८ सय ९८ जना पुगेको छ ।
हाल क्वारेन्टिनमा ७ सय ३१ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले १ हजार ४ सय ४२ जना र भेन्टिलेटरमा ३ सय ८१ जनाको उपचार भईरहेको छ ।