× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा ५०४२ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या ८२४३

    ३ वर्ष पहिले

    जेठ-२२, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ६ सय ५३ जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ५ लाख ८५ हजार १ सय जना पुगेको छ ।

    २४ घण्टामा ११ हजार ४ सय ७१ जनाको पिसिआर परीक्षण भएको छ ।यो सँगै ३१ लाख ३२ हजार ५ सय ९१ जनाको पिसिआर भएको जनाईएको छ ।

    पछिल्लो २४ घण्टामा ५ हजार ३ सय ४३ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा १ हजार ५ सय २ जना र पिसिआर विधिबाट परीक्षण गर्दा ३ हजार ५ सय ४० मा कोरोना पोजेटिभ देखिएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ९२ हजार ९ सय २८ रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या ८६ हजार २ सय ६८ रहेको छ भने संस्थागत आइसोलेसनमा ६ हजार ६ सय ६० रहेको छ ।

    २४ घण्टामा ८ हजार २ सय ४३ जना निको भएका छन् । कुल निको हुनेको संख्या ४ लाख ८४ हजार ३ सय ७३ पुगेको छ ।नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८२.८ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको संख्या ६८ जना रहेको छ । हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ७ हजार ७ सय ९९ जना पुगेको छ ।

    हाल क्वारेन्टिनमा ७ सय ३० जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले १ हजार ४ सय ५१ जना र भेन्टिलेटरमा ३ सय ८४ जनाको उपचार भईरहेको छ ।