× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    तरुण दल इच्छाकामनाद्धारा मुग्लिनमा रक्तदान कार्यक्रम

    ३ वर्ष पहिले

    जेष्ठ १९, मुग्लिन । नेपाल तरुण दल इच्छाकामनाले मुग्लिनमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरको छ । मुग्लिन बजार स्थित शान्ति संगम आयल स्टोर्सको प्राङ्गढमा भएको कार्यक्रमको इच्छाकामना गाउँपालिकाका उपाध्यक्ष कृति कुमार श्रेष्ठले उद्घाटन गर्नुभएको हो ।

    कोभिडका कारण रगतको अभाव हुन थालेपछि रगतको अभाव हुन नदिन रक्तदान कार्यक्रमको आयोजना गरेको कार्यक्रमका संयोजक रवि कुमार थापाले जानकारी दिनुभयो ।

    रक्तदान कार्यक्रममा इलाका प्रहरी कार्यालय मुग्लिन, सशस्त्र प्रहरी शिक्षालय कुरिनटार र स्थानीय युवाहरु गरी जम्मा ६० जनाले रक्तदान गरेको संयोजक थापाले जनाएका छन् ।

    कार्यक्रममा बोल्दै इच्छाकामना गाउँपालिकाको उपाध्यक्ष कृति कुमार श्रेष्ठले कोभिडका कारण अस्पतालहरुमा रगत अभाव भइरहेको अवस्थामा तरुण दल इच्छाकामनाले गरेको रक्तदान कार्यक्रम प्रति धन्यवाद व्यक्त गर्दै समाजमा हुने हरेक परिवर्तनमा युवाहरुको महत्वपुर्ण भूमिका रहने बतानउनुभयो ।

    कोभिडका कारण अस्पतालहरुमा रगतको चरम अभाव भएको जानकारी पाएपछि मानविय सेवा स्वरुप रक्तदान कार्यक्रम गरिएको तरुणदल इच्छाकामनाका अध्यक्ष जिवन सिलवालले बताउनुभयो । सो कार्यक्रममा फन्टलाइनमा रहेर अहोरात्र खटिएका डक्टर, नर्स र एम्बुलेन्स चालकहरुलाई सम्मान समेत गरेको थियो ।

    तरुण दल इच्छाकामनाले यस क्षेत्रमा विभिन्न मानविय सेवाहरु गर्दै आइरहेका छन् ।