× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा ४७४२ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या ६४९१

    ३ वर्ष पहिले

    जेठ-१७, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ७ सय ४२ जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ५ लाख ६१ हजार ३ सय २ जना पुगेको छ ।

    २४ घण्टामा १५ हजार ५५ जनाको पिसिआर परीक्षण भएको छ ।यो सँगै ३० लाख ५७ हजार ४ सय २४ जनाको पिसिआर भएको जनाईएको छ ।

    पछिल्लो २४ घण्टामा २ हजार ४ सय २५ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ५ सय ८४ जना र पिसिआर विधिबाट परीक्षण गर्दा ४ हजार १ सय ७८ मा कोरोना पोजेटिभ देखिएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ९९ हजार १ सय ३१ रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या १ लाख १ हजार ३ सय ३४ रहेको छ भने संस्थागत आइसोलेसनमा ७ हजार ३ सय ३८ रहेको छ ।

    २४ घण्टामा ६ हजार ४ सय ९१ जना निको भएका छन् । कुल निको हुनेको संख्या ४ लाख ४७ हजार ४ सय ४६ पुगेको छ ।नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ७९.७ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय १४ जना रहेको छ । हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ७ हजार ४ सय ८६ जना पुगेको छ ।

    हाल क्वारेन्टिनमा ६ सय ८१ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले १ हजार ४ सय ९२ जना र भेन्टिलेटरमा ४ सय २४ जनाको उपचार भईरहेको छ ।