× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    इच्छाकामना-५, मुग्लिनमा गणेश मन्दिरको शिलान्यास

    ३ वर्ष पहिले

    जेठ-१७, चितवनको इच्छाकामना गाउँपालिकाका वडा नम्बर ५ मुग्लिनमा गणेश मन्दिरको शिलान्यास भएको छ ।

    आज गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङ, उपाध्यक्ष कृतिकुमार श्रेष्ठ र वडा अध्यक्ष मोदराज सिलवालले संयुक्त रुपमा शिलान्यास गर्नुभएको हो ।

    नेवार गुठी समाज,मुग्लिनले गुठी समाजको भवनसंगै गणेश मन्दिर निर्माण सुरु गरेको हो । मन्दिरको र्निर्माण उपभोक्ता समिति मार्फत गर्न लागिएको छ ।मन्दिर र्निर्माणका लागि इच्छाकामना गाउँपालिकाले ५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

    मन्दिर शिलान्यासका क्रममा गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङले मन्दिर कुनै जाति विशेष नहुने हुँदा मन्दिर निर्माणका लागि सबै जाति समुदायलाई सहयोग गर्न अनुरोध गर्नु भयो। साथै कोरोना कहरका बिच स्वास्थ्य मापदण्ड पालना गरि निर्माण गर्नुपर्ने बताउनु भयो ।

    मन्दिर निर्माणको लागत १५ लाख भन्दा माथि हुने गणेश मन्दिर निर्माण समितिका अध्यक्ष कुमार श्रेष्ठले बताए । उनले दुई महिनाभित्र मन्दिर निर्माण पूरा गर्ने लक्ष्य राखिएको बताए । मन्दिर निर्माणका लागि आवश्यक तयारी भइसके पनि केहि रकम अपुग भएकोल सहयोग गर्न अनुरोध गरेको छ ।