× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा ४३६९ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या ६२०५

    ३ वर्ष पहिले

    जेठ-१६, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ३ सय ६९ जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ५ लाख ५७ हजार ७ सय ९१ जना पुगेको छ ।

    २४ घण्टामा १० हजार ९ सय ८६ जनाको पिसिआर परीक्षण भएको छ ।यो सँगै ३० लाख ४२ हजार ३ सय ६९ जनाको पिसिआर भएको जनाईएको छ ।

    पछिल्लो २४ घण्टामा १ हजार ७ सय ८४ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ६ सय ६७ जना र पिसिआर विधिबाट परीक्षण गर्दा ३ हजार ७ सय २ मा कोरोना पोजेटिभ देखिएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या १ लाख ८ हजार ८ सय ९७ रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या १ लाख १ हजार ३ सय ३४ रहेको छ भने संस्थागत आइसोलेसनमा ७ हजार ५ सय ६३ रहेको छ ।

    पछिल्लो २४ घण्टामा ६ हजार २ सय ५ जना निको भएका छन् । कुल निको हुनेको संख्या ४ लाख ४० हजार ९ सय ५५ पुगेको छ ।नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ७९.२ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ९ जना रहेको छ । हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ७ हजार २ सय ७२ जना पुगेको छ ।

    हाल क्वारेन्टिनमा ७ सय ६३ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले १ हजार ५ सय ४५ जना र भेन्टिलेटरमा ४ सय ७ जनाको उपचार भईरहेको छ ।