× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा ६९५१ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या ९८४१

    ३ वर्ष पहिले

    जेठ-१४, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ९ सय ५१ जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ५ लाख ४९ हजार १ सय ११ जना पुगेको छ ।

    २४ घण्टामा १९ हजार ३ सय १३ जनाको पिसिआर परीक्षण भएको छ ।यो सँगै ३० लाख १७ हजार ३ सय ७७ जनाको पिसिआर भएको जनाईएको छ ।

    पछिल्लो २४ घण्टामा ७ सय ९७ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ९६ जना र पिसिआर विधिबाट परीक्षण गर्दा ६ हजार ८ सय ५५ मा कोरोना पोजेटिभ देखिएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या १ लाख १३ हजार ३ सय ९४ रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या १ लाख ५ हजार ४ सय ४४ रहेको छ भने संस्थागत आइसोलेसनमा ७ हजार ९ सय ५० रहेको छ ।

    पछिल्लो २४ घण्टामा ९ हजार ८ सय ४१ जना निको भएका छन् । कुल निको हुनेको संख्या ४ लाख २८ हजार ६ सय ७० पुगेको छ ।नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ७८.१ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको संख्या ९६ जना रहेको छ । हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ७ हजार ४७ जना पुगेको छ ।

    हाल क्वारेन्टिनमा ८ सय ९ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले १ हजार ६ सय २७ जना र भेन्टिलेटरमा ४ सय ५० जनाको उपचार भईरहेको छ ।