× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा ७९१४ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुने दर ७६.३ प्रतिशत

    ३ वर्ष पहिले

    जेठ-९, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार ९ सय १४ जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ५ लाख १३ हजार २ सय ४१ जना पुगेको छ ।

    २४ घण्टामा १८ हजार ९ सय ६५ जनाको पिसिआर परीक्षण भएको छ ।यो सँगै २९ लाख १६ हजार ४ सय ६८ जनाको पिसिआर भएको जनाईएको छ ।

    पछिल्लो २४ घण्टामा ९ सय ६१ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ३ सय १६ जना र पिसिआर विधिबाट परीक्षण गर्दा ७ हजार ५ सय ९८ मा कोरोना पोजेटिभ देखिएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ५ सय ४७ रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या १ लाख ८ हजार १ सय ९८ रहेको छ भने संस्थागत आइसोलेसनमा ७ हजार ३ सय ४९ रहेको छ ।

    पछिल्लो २४ घण्टामा ७ हजार ६ सय ६४ जना निको भएका छन् । कुल निको हुनेको संख्या ३ लाख ९१ हजार ३ सय ४८ पुगेको छ ।नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ७६.३ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ९३ जना रहेको छ । हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ६ हजार ३ सय ४६ जना पुगेको छ ।

    हाल क्वारेन्टिनमा ८ सय ७३ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले १ हजार ७ सय २१ जना र भेन्टिलेटरमा ४ सय ८४ जनाको उपचार भईरहेको छ ।