× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा ८२०३ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुने दर ७४.६ प्रतिशत

    ३ वर्ष पहिले

    जेठ-४, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार २ सय ३ जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ४ लाख ७२ हजार ३ सय ५४ जना पुगेको छ ।

    २४ घण्टामा २० हजार २ सय ८६ जनाको पिसिआर परीक्षण भएको छ ।यो सँगै २८ लाख १२ हजार ९ सय ५९ जनाको पिसिआर भएको जनाईएको छ ।

    पछिल्लो २४ घण्टामा ६ सय ९३ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ६७ जना र पिसिआर विधिबाट परीक्षण गर्दा ८ हजार १ सय ३६ मा कोरोना पोजेटिभ देखिएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या १ लाख १४ हजार ५ सय २९ रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या १ लाख ७ हजार ८२ रहेको छ भने संस्थागत आइसोलेसनमा ७ हजार ४ सय ४७ रहेको छ ।

    पछिल्लो २४ घण्टामा ६ हजार ८ सय ९१ जना निको भएका छन् । कुल निको हुनेको संख्या ३ लाख ५२ हजार ४ सय १४ पुगेको छ ।नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ७४.६ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ९६ जना रहेको छ । हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५ हजार ४ सय ११ जना पुगेको छ ।

    हाल क्वारेन्टिनमा ७ सय ५२ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले १ हजार ५ सय ९ण् जना र भेन्टिलेटरमा ३ सय ९० जनाको उपचार भईरहेको छ ।