× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा ७३६८ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुने दर ७४.६ प्रतिशत

    ३ वर्ष पहिले

    जेठ-२, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार ३ सय ६८ जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ४ लाख ५५ हजार ७२ जना पुगेको छ ।

    २४ घण्टामा १७ हजार ५ सय ३९ जनाको पिसिआर परीक्षण भएको छ ।यो सँगै २७ लाख ७१ हजार २० जनाको पिसिआर भएको जनाईएको छ ।

    पछिल्लो २४ घण्टामा ३ सय ४४ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ५२ जना र पिसिआर विधिबाट परीक्षण गर्दा ७ हजार ३ सय १६ मा कोरोना पोजेटिभ देखिएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या १ लाख १० हजार २ सय ६३ रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या १ लाख २ हजार ४ सय ५५ रहेको छ भने संस्थागत आइसोलेसनमा ७ हजार ८ सय ८ रहेको छ ।

    पछिल्लो २४ घण्टामा ६ हजार ६ सय ४८ जना निको भएका छन् । कुल निको हुनेको संख्या ३ लाख ३९ हजार ७ सय ५६ पुगेको छ ।नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ७४.६ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ४५ जना रहेको छ । हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५ हजार १ जना पुगेको छ ।

    हाल क्वारेन्टिनमा ७ सय १ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले १ हजार ३ सय १३ जना र भेन्टिलेटरमा ३ सय ८० जनाको उपचार भईरहेको छ ।