× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    इच्छाकामना गाउँपालिकाको धार्मिक एवं पर्यटकीय क्षेत्रहरुको प्रबर्द्धन गर्ने उद्देश्यले निर्माण गरिएको म्युजिक भिडियोको पोष्ट प्रोडक्सनको कार्य सकियो, छिट्टै सार्वजनिक गरिने ।

    ३ वर्ष पहिले

    चितवनको एकमात्र गाउँपालिका इच्छाकामनामा रहेको धार्मिक एवं पर्यटकीय क्षेत्रको प्रचार तथा प्रबर्द्धन गर्ने उद्देश्यले निर्माण गरिएको म्युजिक भिडियोको पोष्ट प्रोडक्सनको कार्य सम्पन्न भएको छ । पर्यटन विकासका लागि प्रचुर सम्भावनायुक्त लामो झरना जलविरे, सनराईज हेर्न सकिने अग्लो स्थान सिराईचुली, पर्यटकहरु बास बस्ने हात्तीवाङ होमस्टे चितवनको पुरानो सदरमुकाम तथा ऐतिहासिक क्षेत्र उपरदाङगढी, धार्मिक क्षेत्र इच्छाकामना माईको मन्दिर, जलबिरे मन्दिर, मनकामना केवलकार, त्रिशुली नदि, मुग्लिन बजार¸ लगायतका स्थानहरुलाई क्यामेरामा कैद गरी भिडियो निर्माण गरिएको छ ।
    साथीभाई फिल्म्स प्रा. लि. बाट निर्माण गरिएको यस गीतिको भिडियो निर्माण इच्छाकामना गाउँपालिकाले गरेको छ भने भिडियोको निर्देशन¸ गायन¸संगीत चेतन सापकोटाले गरेका हुन् । उक्त भिडियोमा बिभिन्न जातजाती, भाषा , संस्कृति झल्किने भेषभूषामा स्थानिय कलाकारहरुको नृत्य देख्न सकिनेछ ।
    पालिका सम्बन्धी गीतको लेखन इच्छाकामना गाउँपालिकाका अध्यक्ष श्री गीता गुरुङ्गले गर्नुभएको छ भने भिडियो निर्माण सल्लाहकार गाँउपालिकाका उपाध्यक्ष श्री कृति श्रेष्ठ हुनुहुन्छ । अनिल कटुवाल र बिनोद श्रेष्ठको छायाङ्कन¸प्रतिक ढुङ्गेलको सम्पादन रहेको यस भिडियोको स्टुडियो , पिक डिजीटल मिक्सिंग ,ऐरेन्ज दिनेश राजबाहक वी स्टार नेपाल नामक युट्यूब च्यानलबाट छिट्टै प्रसारण हुने कुरा इच्छाकामना गाउँपालिका कार्यालयका प्रवक्ता साबित्री गुरुले बताउनु भएकोछ ।