× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    इच्छाकामना गाउँपालिकामा सक्रिय संक्रमितको संख्या २० पुग्यो

    ३ वर्ष पहिले

    बैशाख-२७, चितवनको इच्छाकामना गाउँपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या दिनप्रतिदिन बढ्दो क्रममा रहेको छ ।

    भरतपुर अस्पतालमा बैशाख २६ गते गरिएको परीक्षण मा इच्छाकामना गाउँपालिका वडा नं ४ का ३९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएसँगै यस गाउँपालिकामा सक्रिय संक्रमितको संख्या २० पुगेको छ ।

    हालसम्ममा इच्छाकामना गाउँपालिकामा जम्मा संक्रमितको संख्या ६० पुगेको छ । जसमध्ये ३९ जना निको भइसकेका छन् भने एकजनाको मृत्यु भएको छ ।

    २० जना सक्रिय संक्रमितमध्ये १८ जना होम आइसोलेसन र २ जना सस्थागत आइसोलेसनमा रहेका छन् ।