× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा ८४१८ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुने दर ७७.४ प्रतिशत

    ३ वर्ष पहिले

    बैशाख-२५, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ४ सय १८ जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ३ लाख ८५ हजार ८ सय ९० जना पुगेको छ ।

    २४ घण्टामा १८ हजार ३ सय ४ जनाको पिसिआर परीक्षण भएको छ ।यो सँगै २६ लाख १५ हजार ६ सय २० जनाको पिसिआर भएको जनाईएको छ ।

    पछिल्लो २४ घण्टामा ९ सय ९८ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा १ सय ३१ जना र पिसिआर विधिबाट परीक्षण गर्दा ८ हजार २ सय ८७ मा कोरोना पोजेटिभ देखिएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ८३ हजार ४ सय ९३ रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या ७८ हजार १८ रहेको छ भने संस्थागत आइसोलेसनमा ५ हजार ४ सय ७५ रहेको छ ।

    पछिल्लो २४ घण्टामा ३ हजार ३ सय ७० जना निको भएका छन् । कुल निको हुनेको संख्या २ लाख ९८ हजार ७ सय ६५ पुगेको छ ।नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ७७.४ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या ५३ रहेको छ । कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३ हजार ६ सय ३२ पुगेको छ ।

    हाल क्वारेन्टिनमा ३ सय ९८ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ७ सय ५८ जना र भेन्टिलेटरमा २ सय ३१ जनाको उपचार भईरहेको छ ।