× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा ९१९६ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुने दर ७८.२ प्रतिशत

    ३ वर्ष पहिले

    बैशाख- २४, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार १ सय ९६ जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ३ लाख ७७ हजार ६ सय ३ जना पुगेको छ ।

    २४ घण्टामा १९ हजार ९ सय ८७ जनाको पिसिआर परीक्षण भएको छ ।यो सँगै २५ लाख ९८ हजार ४ सय ५ जनाको पिसिआर भएको जनाईएको छ ।

    पछिल्लो २४ घण्टामा ४ सय ९५ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा १ सय ७ जना र पिसिआर विधिबाट परीक्षण गर्दा ९ हजार २३ मा कोरोना पोजेटिभ देखिएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ७८ हजार ६ सय २९ रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या ७२ हजार ७ सय ६९ रहेको छ भने संस्थागत आइसोलेसनमा ५ हजार ८ सय ६० रहेको छ ।

    पछिल्लो २४ घण्टामा २ हजार ९ सय ५ जना निको भएका छन् । कुल निको हुनेको संख्या २ लाख ९५ हजार ३ सय ९५ पुगेको छ ।नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ७८.२ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या ५० रहेको छ । कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३ हजार ५ सय ७९ पुगेको छ ।

    हाल क्वारेन्टिनमा ३ सय ८० जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ७ सय २८ जना र भेन्टिलेटरमा २ सय ३१ जनाको उपचार भईरहेको छ ।