× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    बढ्दाे काेराेना संक्रमणकाे कारण मनकामना केवलकार भोलि देखि बन्द गरिदै ।

    ३ वर्ष पहिले

    बैशाख-१५, चितवनको इच्छाकामना गाउँपालिका वडा नं ४ मा अवस्थित मनकामना केवलकार भोली देखि बन्द हुने भएको छ ।

    मनकामना दर्शन प्रा. लि. केवलकार चेरेसमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएपछि इच्छाकामना गाउँपालिकामा कोरोना भाइरस कोभिड-१९ रोकथाम र नियन्त्रण सम्बन्धी गाउँपालिका र सरोकारवालाहरु बिचको छलफल पश्चात भोलीबाट अर्को सूचना नआउन्जेलसम्म लागि केबलकार बन्द गरिने इच्छाकामना गाउँपालिकाकी अध्यक्ष गीता कुमारी गुरुङले बताउनुभयो ।

    हिजो मात्र एक कर्मचारीमा कोरोना संक्रमण देखिएपछि कन्ट्र्याक ट्रेसिङ्गको आधारमा केहि कर्मचारीहरूको स्वाब संकलन गरी परीक्षण गर्दा थप ३ जना कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टि भएपछि केबलकार बन्द हुने भएको हो ।

    बैशाख १७ गते देखि अत्याबश्यक बाहेककाे सेवा बन्द गर्ने तयारी गरेकाे मनकामना केवुलकारले सम्पुर्ण कर्मचारीहरूकाे स्वाब परीक्षणकाे लागी चितवन मेडिकल कलेज, भरतपुरबाट स्वाब संकलनकाे लागी चिकित्सकहरू बाेलाएकाे कारण माथिल्लाे स्टेशनमा कार्यरत कर्मचारीहरूकाे पनि स्वाब परीक्षण गरिने भएकाेले आज १५ गते र भाेलि १६ गते कर्मचारीहरूकाे स्वाब परीक्षणकाे लागी केवुलकार सञ्चालन गरिने नायब महाप्रबन्धक उज्वल शेरचनले जानकारी दिनुभयाे । उक्त अवधिमा स्थानीय यात्रुहरूलाइ मात्र भने सेवा दिइने समेत बताउनु भयाे ।