× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    इच्छाकामना गाउपालिकामा पनि पस्यो कोरोना, मनकामना दर्शन प्रा.लि.का एक कर्मचारीलाइ कोरोना पोजेटिभ ।

    ३ वर्ष पहिले

    बैशाख १४, मंगलबार । चितवन जिल्लाको एक मात्र गाउँपालिका इच्छाकामनामा पुनः कोरोना संक्रमित थपिएको छ । चितवन मेडिकल कलेजमा बैशाख १२ गते गरिएको परिक्षणमा नेपाल कै पहिलो केबुलकार मनकामना दर्शन प्रा.लि.का एक ५२ बर्षिय पुरूष कर्मचारीमा कोरोना पोजेटिभ देखिएको हो ।

    केही समय अगाडी मनकामना दर्शन गर्न आएका नीजका चिनजानका एक व्यक्तिलाई काेराेना पोजेटिभ देखिएपछि कन्ट्र्याक ट्रेसिङ्गको आधारमा परिक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएको मनकामना दर्शन प्रा.लि. का नायब महाप्रबन्धक उज्वल शेरचनले बताउनुभयो । संक्रमितको सम्पर्कमा रहेका अन्य कर्मचारीकोहरुको स्वाब परिक्षण गरिएको र रिपोर्ट आज बेलुकी सम्म आउने जानकारी दिनुहुदै केबुलकारमा संक्रमितकाे संख्या थपिए केबुलकार बन्द गर्न सक्ने जानकारी दिनुभयो ।

    निषेधाज्ञा हुनसक्ने अवस्थालाइ ध्यानमा राखेर हाल केवुलकारमा टाढा टाढाका कर्मचारीहरूलाइ बिदा गरिएकाेले नजिक घर भएका र स्थानीय सिमित कर्मचारीहरूद्धारा सेवा दिइ राखेकाे समेत बताउनु भयाे ।