× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    चितवनमा कोरोना संक्रमितको संख्या बढ्न थाल्यो

    ३ वर्ष पहिले

    बैशाख-१४, चितवन जिल्लामा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्दो अवस्थामा रहेको छ ।

    चितवनको भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा मिति २०७८ वैशाख १३ गते परीक्षण गरिएको १११ नमूना मध्ये ३५ वटा नमुनामा संक्रमण पुष्टि भएको छ भने बाँकी ७६ वटा नमुनाहरु नेगेटिभ रहेको छ ।

    संक्रमण पुष्टि भएका मध्ये भरतपुर महानगरपालिका वडा नं १,३,४,६,७,८,९,१०,११,१२,१५,२०,२५ र २६ का २८ जना , माडी नगरपालिका वडा नं १ का १ जना रहेका छन् ।

    अन्य सङ्क्रमितहरू मध्ये तनहुँ आबु खैरेनी-३ का १ जना, गोरखा पालुङ्टार-४ का १ जना, दाङ तुलसीपुर-६ का २ जना, नवलपरासी बुुलिङ्टार-६ का १ जना , बारा निजगढ-६ का २ जना र पर्सा ठोरी-१ का १ जना रहेका छन् ।

    हालसम्म चितवनमा अहिले सबैभन्दा धेरै भरतपुर महानगरपालिका मा ३४६, रत्ननगरमा २२, कालिकामा १०, खैरहनीमा ६, राप्तीमा ५ र माडीमा तीन जना संक्रमित रहेका छन् । इच्छाकामना गाउँपालिका मा भने शुन्य सङ्क्रमित रहेको छ ।