४ वर्ष पहिले
बैशाख-१२, सरकारले बढ्दो कोरोनाभाइरस संक्रमणलाई मध्यनजर गर्दै देशभरका शैक्षिक संस्थाहरु अब भौतिक रुपमा नचलाउन निर्णय दिएको छ ।
आज बसेको सिसिएमसी समितिको बैठकले देशभरका विद्यालय तथा शिक्षालयमा भौतिक उपस्थिति नभई भर्चुअल तथा वैकल्पिक माध्यमबाट पठन पाठन जारी राख्न निर्देशन दिएको हो ।
यो सँगै अब देशभरका शैक्षिक संस्थाहरुमा भौतिक रुपमा पढाइ नहुनुको साथै अर्को आदेश नआएसम्म को लागि पूर्वनिर्धारित परीक्षाहरु समेत स्थगित भएको छ ।