× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    स्वास्थ्य मन्त्रालयले भन्यो: कोरोना संक्रमणको चक्र नरोके अस्पतालमा बिरामी राख्ने ठाउँ हुँदैन

    ३ वर्ष पहिले

    बैशाख-१२, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको चक्र रोक्न नसके अस्पतालमा बिरामी राख्ने ठाउँसमेत नहुने चेतावनी दिएको छ ।

    मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले आइतबार एक विज्ञप्ति जारी गरी कोरोना नियन्त्रणका लागि सरकारले तोकेका मापदण्ड नै निर्विकल्प उपाय भएको भन्दै त्यसको पालन गर्न आग्रह समेत गरेको छ ।

    विज्ञप्तिमा कोरोना संक्रमण र उपचारको दुखद दृश्य स्वास्थ्यकर्मीहरुले दैनिक रुपमा देखिरहेको बताएका छन् ।

    ‘व्यक्ति–व्यक्तिले निर्वाह गर्नसक्ने भूमिकाबाट कसैलाई पनि विचलित हुन नदिऔं, खबरदारी गरौं,’ मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

    संक्रमण रोकथामका लागि जनस्वास्थ्यका मापदण्ड (मास्क लगाउने, दूरी कायम गर्ने र स्यानिटाइजर गर्ने) लाई कडाइका साथ पालना गर्न पनि मन्त्रालयले अनुरोध समेत गरेको छ ।