× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    इच्छाकामना गा.पा. अध्यक्ष गीताकुमारी गुरुङद्वारा होटल व्यवसायी संघ इच्छाकामना इकाई समितिको कार्यालय समुद्घाटन

    ३ वर्ष पहिले

    बैशाख-२, इच्छाकामना गाउँपालिकाका अध्यक्ष श्री गीताकुमारी गुरुङद्वारा होटल व्यवसायी संघ इच्छाकामना इकाई समिति मुग्लिनको कार्यालय समुद्घाटन गर्नुभएको छ ।

    सो कार्यक्रममा बोल्दै अध्यक्ष गीता गुरुङले स्वच्छ एवं गुणस्तरीय खानामा ध्यान दिन सुझाव दिदै होटल व्यवसायी संघ इच्छाकामना इकाई समितिलाई हरेक किसिमबाट सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ ‌।

    कार्यालय उद्घाटन पश्चात नयाँ बर्ष २०७८को शुभकामना आदानप्रदान कार्यक्रममा होटल व्यवसायी संघ चितवनका पूर्वउपाध्यक्ष दल बहादुर बुढाथोकी , पूर्व जिल्ला सदस्य तेज बहादुर शेरचन एवं निवर्तमान इच्छाकामना इकाई समितिका अध्यक्ष राम पाण्डेलाई गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।

    सो कार्यक्रममा विशिष्ट अतिथि होटल व्यवसायी सङ्घ चितवनका अध्यक्ष दिलकुमार श्रेष्ठ, इच्छाकामना गाउँपालिकाका कार्यपालिका सदस्य निर्मला श्रेष्ठ, होटल व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष ईमान्दु बरालले कार्यक्रममा शुभकामना व्यक्त गरेका थिए ।

    कार्यक्रममा अन्य अतिथिहरुमा नेकपा एमालेका नेता कृष्ण सिलवाल, उद्योग वाणिज्य संघ, इच्छाकामना इकाई समितिका अध्यक्ष कल्याण गुभाजु, कर्तव्यनिष्ठ महिला समाजकी अध्यक्ष सिर्जना देवकोटा, सिर्जनशील महिला जागरण समाजकी अध्यक्ष सावित्री पुडासैनी एवं विभिन्न संघसंस्थाका प्रतिनिधिहरु उपस्थित हुनुभएको थियो ।

    होटल व्यवसाय संघ, इच्छाकामना इकाइ समिति मुग्लिनका अध्यक्ष मिनबहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा ईकाइका कोषाध्यक्ष माया सिलवालले स्वागत मन्तव्य राख्नु भने होटल व्यवसायी सङ्घ चितवनका उपाध्यक्ष केशव हड्कोलेले ले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

    कार्यक्रममा होटल व्यवसाय संघ इच्छाकामना ईकाइ समितिमा आबद्ध झण्डै ८० व्यवसायीहरु उपस्थित हुनुभएको थियो ।