× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा ३३९ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुने दर ९८.१ प्रतिशत

    ३ वर्ष पहिले

    चैत्र-२५, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम अनुसार पछिल्लो २४ घण्टामा ३ सय ३९ जना संक्रमित थपिएका हुन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या २ लाख ७८ हजार ८ सय ९ पुगेको छ ।

    २४ घण्टामा ४ हजार १ सय जनाको पिसिआर परीक्षण भएको छ ।यो सँगै २२ लाख ९८ हजार १ सय ६७ जनाको पिसिआर भएको जनाईएको छ ।

    यसैगरी पछिल्लो २४ घण्टामा १ हजार ४९ जनाको एन्टिजन विधिबाट परीक्षण भएको छ । जसमध्ये ४१ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या २ हजार २ सय १ रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या १ हजार ७ सय ४१ रहेको छ भने संस्थागत आइसोलेसनमा ४ सय ६० रहेको छ ।

    पछिल्लो २४ घण्टामा ७४ जना निको भएका छन् । कुल निको हुनेको संख्या २ लाख ७३ हजार ४ सय ५५ पुगेको छ ।नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ९८.१ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या २ रहेको छ । कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३ हजार ३८ पुगेको छ ।

    हाल क्वारेन्टिनमा ६८ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ६५ जना र भेन्टिलेटरमा १३ जनाको उपचार भईरहेको छ ।