× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा ८९ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुने दर ९८.४ प्रतिशत

    ३ वर्ष पहिले

    चैत्र-१५, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम अनुसार पछिल्लो २४ घण्टामा ८९ जना संक्रमित थपिएका हुन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या २ लाख ७६ हजार ८ सय ३९ पुगेको छ ।

    २४ घण्टामा २ हजार १ सय १ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै २२ लाख ६१ हजार १ सय ४६ जनाको पिसिआर भएको जनाईएको छ ।

    आज देशभर सक्रिय संक्रमितको संख्या १ हजार २ सय ८२ रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या १ हजार १ सय १४ रहेको छ भने संस्थागत आइसोलेसनमा १ सय ६८ रहेको छ ।

    पछिल्लो २४ घण्टामा ९५ जना निको भएका छन् । कुल निको हुनेको संख्या २ लाख ७२ हजार ५ सय ३० पुगेको छ ।नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ९८.४ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ । कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३ हजार २७ पुगेको छ ।

    हाल क्वारेन्टिनमा ५७ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ४१ जना र भेन्टिलेटरमा १ जनाको उपचार भईरहेको छ ।