× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    सरकार र विप्लव समूहबीच दोस्रो चरणको वार्ता सम्पन्‍न

    ३ वर्ष पहिले

    फागुन-१९, काठमाडौं। सरकार र नेत्रविक्रम चन्द्र (विप्लव) ले नेतृत्व गरेको नेकपाबीच दोस्रोचरणको वार्ता सम्पन्‍न भएको छ।

    आजै बिहान बालुवाटारमा दुई पक्षबीच पहिलो चरणको वार्ता भएको थियो। साँझ फेरि दोस्रो चरणको वार्ता भएको हो।

    सरकारी वार्ता टोलीका सदस्य तथा प्रधानमन्त्री केपी शर्मा ओलीको परराष्ट्र सल्लाहकार राजन भट्टराईले टिवटरमार्फत दोस्रो चरणको वार्ता सम्बन्धी जानकारी दिएका हुन् ।

    दोस्रो चरणको वार्ता पनि विषयकेन्द्रित रहेको सरकारी वार्ता टोलीका सदस्य तथा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले बताए । उनले आफूहरु समान धारणानजिक रहेकाले छिट्टै सकारात्मक निष्कर्षमा पुग्ने विश्वास व्यक्त गरेका छन् ।

    सरकारी वार्ता टोलीमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र भट्टराई छन् भने विप्लव समूहबाट खड्गबहादुर विश्वकर्मा र उदय चलाउने छन् । दुवै पक्षबाट मंगलबार वार्ता टोली गठन गरिएको थियो ।