× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा ११२ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुने दर ९८.७ प्रतिशत

    ३ वर्ष पहिले

    फागुन-१४, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११२ जना संक्रमित थपिएका हुन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या २ लाख ७३ हजार ९ सय ८४ पुगेको छ ।

    २४ घण्टामा ३ हजार ९ सय ४४ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै २१ लाख ५७ हजार ५ सय ८० जनाको पिसिआर भएको जनाईएको छ ।

    पछिल्लो २४ घण्टामा ५४ जना निको भएका छन् । कुल निको हुनेको संख्या २ लाख ७० हजार २ सय ७७ पुगेको छ । कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ९८.७ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा कोरोनाबाट मृत्यु भएको संख्या ४ रहेको छ । हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २ हजार ७ सय ७१ पुगेको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ९ सय ३६ जना छन् भने क्वारेन्टिनमा ७१ जना रहेकाे छ ।