× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    दाहाल नेपाल समूहले प्रधानमन्त्री विरुद्ध अविश्वास प्रस्ताव फिर्ता नलिने निर्णय

    ३ वर्ष पहिले

    फागुन-१२, नेकपाको दाहाल नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध संसद सचिवालयमा दर्ता गरेको अविश्वासको प्रस्ताव तत्काल फिर्ता नलिने भएको छ ।

    दाहाल नेपाल समूहको संसदीय दलको बुधबार बसेको अनौपचारिक बैठकले प्रधानमन्त्रीविरुद्धको अश्विासको प्रस्ताव फिर्ता नलिने निर्णय गरेको हो ।

    बैठकपछि दाहाल-नेपाल समूहका नेता तथा प्रमुख सचेतक देव गुरुङले संसद शुरु भएपछि दलहरुकाबीचमा आपसी समझदारीका आधारमा अविश्वास प्रस्ताव माथिको प्रक्रिया अगाडी बढ्ने बताउनुभयो ।

    यसैबीच अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपालले आफ्नो समूहका सांसदहरुलाई काठमाडौं नछाड्न निर्देशन दिनुको साथै उपत्यका बाहिर रहेका सांसदहरुलाई पनि बोलाइएको छ ।