× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा ९४ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुने दर ९८.७ प्रतिशत

    ३ वर्ष पहिले

    फागुन-१२, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९४ जना संक्रमित थपिएका हुन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या २ लाख ७३ हजार ७ सय ६० पुगेको छ ।

    २४ घण्टामा ३ हजार ६ सय ९२ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै २१ लाख ५० हजार २ सय २५ जनाको पिसिआर भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या १ हजार ५ सय ५५ रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या ५ सय ४५ रहेको छ भने संस्थागत आइसोलेसनमा १ हजार १० रहेको छ ।

    पछिल्लो २४ घण्टामा ७१ जना निको भएका छन् । कुल निको हुनेको संख्या २ लाख ७० हजार १ सय ३९ पुगेको छ ।नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ९८.७ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या १ रहेको छ । हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २ हजार ६६ पुगेको छ ।

    हाल क्वारेन्टिनमा ६३ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ४४ जना र भेन्टिलेटरमा ११ जनाको उपचार भईरहेको छ ।